भूमिको रक्षाका लागि तत्काल पहल गर्न नेकपा दार्चुलाका सांसदको आग्रह

दार्चुला : सत्तारुढ दल नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका दार्चुलाका जनप्रतिनिधिहरुले अतिक्रमित नेपाली भूमिको रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना तथा प्रदेशसभा सदस्यद्वय गेल्बुसिंह बोहरा र मानबहादुर धामीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर सरकारसँग तत्काल अतिक्रमित भूमि रक्षाका लागि पहल गर्न माग गरेका हुन् ।

उनीहरुले अतिक्रमित नेपाली भूमिको रक्षा र संरक्षणका लागि सरकारका तर्फबट तत्काल चाल्नु पर्ने कदमका बारेमा पनि सुझाव दिएका छन् । प्रतिनिसभा सदस्य ठगुन्ना तथा प्रदेशसभा सदस्यद्वय बोहरा र धामीले सरकारले चाल्नुपर्ने विभिन्न छ वटा सुझाव विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *