कञ्चनपुरबाट बेपत्ता भएकी किशोरी अत्तरियामा भेटिइन्

कञ्चनपुर : कञ्चनपुरबाट बेपत्ता भएकी एक किशोरी अत्तरियामा भेटिएकी छिन् । कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरकी १५ वर्षिया सपना पाल बुधवार अत्तरियामा भेटिएकी हुन् ।

मंगलबार बिहान मर्निङ वाकमा गएकी पाल बेपत्ता भएको भन्दै आफन्तले खोजीका लागि मंगलबार दिउँसै अस्थायी प्रहरी बिट चम्फापुरमा निवेदन दिएका थिए । बिहान वाकमा गएकी सपना घर नफर्केपछि परिवारले उनको खोजीकार्य सुरु गरेका थिए ।

बुधवार साझँ साढे ५ बजेतिर अत्तरिया स्थित पुर्व रोडमा भेटिएकी सपनालाई सोधपुछका लागि अत्तरियामा राखिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

अपहरण गरिएको हो वा होइन भन्ने बिषयमा साधपुछ पछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाइने ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख ज्ञान बहादुर बिष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *