लिपुलेक भारतको नक्सामा परेको भन्दै कैलाली-कञ्चनपुरमा समेत प्रदर्शन

धनगढी : कालापानी र लिपुलेक लगायत नेपाली भूमि भारतीय नक्सामा राखिएको विरोधमा सत्तारुढ विद्यार्थी सङ्गठन अनेरास्ववियू र युबासंघले आज राजधानी लगायत मुलुकका विभिन्न ठाउँमा प्रदर्शन गरेको छ ।

धनगढीमा पनि राष्ट्रिय युवासंघ र अनेरास्वबयुले भारतले गरेको निर्णय विरुद्ध प्रदर्शन गरेका छ । ¥यालीमा सहभागी विद्यार्थीले ‘गो ब्याक इन्डिया’ भन्दै नाराबाजी गरेका थिए । उनीहरूले नेपाली भूमिलाई भारतीय नक्साबाट हटाउन माग राखें। भारत र नेपालबिचका असमान सन्धि सम्झौता समेत खारेज गर्नु पर्ने उनीहरूको माग थियो।

अनेरास्वयुले भारतीय नक्साबाट नेपाली भूमि फिर्ता गराउन थप आन्दोलनको कार्यक्रमहरू गर्दै जाने चेतावनी दिएको छ । उक्त सङ्गठनसँग आबद्ध विद्यार्थीले सामाजिक सञ्जालमा समेत ‘गो ब्याक इन्डिया’ भन्दै आलोचना गरेका छन् । यस्तै प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ सङ्गठन नेविसंघले पनि विरोध प्रदर्शन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *