दाङ ३(२) मा कांग्रेसले आचार्यलाई उम्मेदवार बनाउने

दाङ : मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ बाट केशब आचार्यलाई उम्मेदवार बनाउने भएको छ ।

बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको पदाधिकारी बैठकले उपनिर्वाचनका लागि उमेदवार टुंग्याएको हो ।

त्यस्तै मंसिर १४ हुने एकमात्र प्रतिनिधि सभाको निर्वाचनका लागि कास्की २ मा खेमराज पौडेललाई उमेदवार चयन गरेको छ । त्यस्तै बागलुङ २ को २ बाट जित शेरचन, भक्तपुर १ को १ बाट कृष्ण भंडेललाई टिकेट दिने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *