१६ स्थानीय तहलाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण

धनगढी : सुदूरपश्चिम सरकारले प्रदेशका १६ स्थानीय तहका स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न १६ वटा ‘ख’ ग्रुपका एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहरा, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको रोहबरमा एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

प्रदेश सरकारले गत ३१ असारमा पहाडी जिल्लाका लागि भनेर अत्याधुनिक सेवा सुविधासहितका १६ वटा एम्बुलेन्स खरिद गरेको थियो ।

सरकारले एम्बुलेन्स खरिदका लागि आर्थिक वर्ष २०७५/०७६ मा ६ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये ६ करोड २७ लाख ३८ हजार ५ सय रुपैयाँ खर्च भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र कमल बजार अछाम, जोगबुडा अस्पताल डडेलधुरा, जिल्ला अस्पताल दार्चुला, बैतडी र बझाङ, टाटे स्वास्थ्य चौकी बाजुरा, रुद्रेश्वर स्वास्थ्य चौकी बैतडी, खार स्वास्थ्य चौकी दार्चुला, रायल स्वास्थ्य चौकी बझाङ, नवदुर्गा स्वास्थ्य चौकी डडेलधुरा, डोटीमा जिल्ला अस्पताल र चवराचौतार स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल, बाब्ला स्वास्थ्य चौकी, बान्नीगढीमा एम्बुलेन्स वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *