अमेरिकी दाबी: नेपाल अन्तर्राष्ट्रिय आतंकवादीको ट्रान्जिट पोइन्ट

काठमाडौं : अमेरिकी प्रतिवेदनले नेपाललाई अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट पोइन्ट भएको दाबी गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले प्रत्येक वर्ष सार्वजनिक गर्ने आतंकवाद सम्बन्धी प्रतिवेदनमा नेपाललाई आतंकवादीहरुको ‘ट्रन्जिट पोइन्ट भनिएको हो।

भारतसँगको खुला सिमाना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फितलो सुरक्षा व्यवस्थाका कारण नेपालमा अन्तर्राष्ट्रिय आतंकवादीहरुको आवतजावत भइरहेको/हुने प्रतिवेदनमा उल्लेख छ ।

शुक्रबार सार्वजनिक उक्त प्रतिवेदनमा नेपालमा सन् २०१८ मा आतंकवादी गतिविधि नभए पनि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आन्तरिक आतंकवादी भनिएको छ।

भारतमा आतंकवादी गतिविधि गर्दै आएको इन्डियन मुजाहिद्दीनले नेपालमा पनि आफ्ना गतिविधि विस्तार गरेको र उसका गतिविधि सञ्चालनका लागि नेपाल अहिले सबैभन्दा ठूलो अखडा बनेको प्रतिवेदनमा दाबी गरिएको छ। नेपाल समय डटकमबाट

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *