आलमको आजको बयान सकियो, भोलि फेरि हुने

रौतहट : सांसद मोहम्मद अफताव आलमसँगको बयान मंगलबारका लागि सकिएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान भइरहेको छ ।

मंगलबारको बयान सकिएपछि आलमलाई पुन जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको छ । उनको बाँकी बयान भोलि हुनेछ ।

मंगलबार आलम पक्षका कानुन व्यवसायीले मिसिलको नक्कल उपलब्ध नगराएकामा विरोध जनाएपछि केहीबेरका लागि बयान स्थगित भएको थियो । उनका कानुन व्यवसायीले मिसिल पाएपछि पुन २० मिनेटजति बयान भएपछि मंगलबारका लागि स्थगित भएको जिल्ला अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *