सुनको मूल्य घट्यो

मंगलबार सुनको मूल्य घटेको छ । सुन मंगलबार तोलामा ३ सयले घटेर ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । यसअघि सोमबार ७१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस्तै तेजावी सुन मंगलबार तोलाको ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । चाँदी आज तोलाको ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य तोलाको ८७० रुपैयाँ कायम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *