दाङमा साझा पार्टीका उम्मेदवारलाई माटोको टिका

दाङ :  प्राय : उम्मेदवार केन्द्रमै टुंगिन्छन्, तर साझा पार्टी दाङले स्थानीय स्तरमै कार्यक्रम गरेर शनिबार उम्मेदवारको घोषणा ग-यो ।

दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ मा हुन गईरहेको उपनिर्वाचनकालागि शनिबार पार्टीले दंगीशरण गाउँपालिकाको हेकुलीमा कार्यक्रम गरि उम्मेदवार घोषणा ग-यो ।

पार्टीका केन्द्रीय संयोजक रबिन्द्र मिश्र सहित सहभागि रहेको उक्त कार्यक्रममा उम्मेदवारलाई माटोको टिका लगाईएको थियो । जो कि दाङकालागि नौलो थियो ।‘ अब पार्टी पूरानो शैलीबाट चल्दैन्, नयाँ ढंगबाट पार्टीलाई लैजानुपर्छ’ संयोजक मिश्रले भने‘ त्यसैले हामीले काठमाडौं बसेर उम्मेदवार टुंग्याएनौं, स्थानीय स्तरमै पुगेर उम्मेदवार टुंग्यायौं, भन्ने चिनो पनि हो, यो माटोको टिका ।’

उनले माटोको टिका लगाउनुले यहाँको माटोको माया तथा माटोको कसम खाएको भन्दै साझा पार्टीको उम्मेदवारले बिजय हाँसिल गरेपछि माटोप्रति माया बढ्ने उनको भनाई थियो । सोही क्षेत्रबाट निर्वाचनमा उम्मेदावार बन्ने शिब चौाधरीलाई स्थानीय ८४ बर्षीय एक जेष्ठ नागरिकले माटोको टिका लगाईदिएका हुन् । त्यसपछि प्रदेश नं. ५ का संयोजक अनुपमान सैंजु, प्रदेश नं. ६ का संयोजक गेहेन्द्र दहाल, जिल्ला संयोजक मधुसुदन केसीले शुभकामना ब्यक्त गरे ।

सोही कार्यक्रममा चौधरीले आफुले जित हाँसिल गर्ने र जित हाँसिल गरेपछि अबको नयाँ खालको राजनीतिक संस्कारको सुरुवात गर्ने प्रतिबद्धता जनाए । उनले आफ्नो माटोको सधै माया गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *