गौरीलाई पाउन सडकमै सुतेका थिए शाहरुख

बलिउड अभिनेता शाहरुख खान नोभेम्बर २ अर्थात् आज ५४ औं जन्मदिन मनाईरहेका छन्। उनलाई मध्यरातमै कयौं प्रशंसकले उनकै घर पुगेर जन्मदिनको शुभकामना दिइसकेका छन् भने विश्वभरका प्रशंसक आज शाहरुख सम्झिरहेका छन्।

फिल्मी करिअरमा विभिन्न पात्रमा देखिने शाहरुखका प्रेमिल दृश्य पनि उत्तिकै यादगार छन्। अझ वास्तविक जीवनमा शाहरुख र गौरी खानको प्रेम कहानी अझ सुन्न र पढ्नलायक छ। शाहरुख फिल्मी करिअरमा जति रोमान्टिक छन् वास्तविक जीवनमा पनि त्यस्तै छन्।

शाहरुख करिअरमा भाग्यमानी पनि मानिन्छन्। गौरीसँगको पहिलो भेट नै उनका लागि स्मरणीय थियो। पहिलो भेटमै गौरी शाहरुखप्रति मोहित थिइन्। यही भेट पछि विवाहमा परिणत भयो। त्यसयता अझै पनि उनीहरू नव दम्पतीजस्तै लाग्छन्।
शाहरुखका कतिपय प्रशंसक उनको वास्तविक प्रेम कथाबारे जानकार नहुन सक्छन्।

उनीहरुको पहिलो ‘डेट’ दिल्लीमा भएको थियो। त्यो केवल पाँच मिनेटको मात्र थियो। शाहरुखको यो गोप्य कुरा अनुपमा चोपडाद्वारा लेखिएको पुस्तक ‘किङ अफ बलिउडः शाहरुख खान एण्ड द सेडक्टिभ वल्र्ड अफ इन्डियन सिनेमा’मा उल्लेख छ।
उनीहरू बीचको प्रेमकथा पनि फिल्मी शैलीमै सुरुभएको थियो। दुवै जना गौरीको कामना नाम गरेकी साथीको पार्टीमा भेट भएका थिए र दुवै पहिलो भेटमै एक अर्काप्रति आकर्षित थिए। तर कुराकानीको मेसो मिलाउने मामलामा भने शाहरुख नै अघि थिए।
सेलफोनको समय नभए पनि शाहरुखले गौरीको घरको नम्बर पत्ता लगाए। अनि, सुरु भयो प्रेम कहानी र भेटघाटको सिलसिला। शाहरुख गौरीको प्रेममा यति डुबेका थिए कि, उनलाई भेट्न शाहरुखले कहिले सडक पेटिमा त कहिले रेलवे स्टेसनमा सुत्नु परेको थियो।

यति सम्मकि, एकदिन शाहरुखलाई नभनी गौरी मुम्बई पुगिन्। गौरीसँगको प्रेमले सिञ्चिएका शाहरुख बालुवाको माछाजस्तै बने। गौरीबिना बस्नै नसक्ने भएपछि उनीसँगको प्रेम र थाहै नदिई मुम्बई गएको कुरा आफ्नी आमालाई शाहरुखले बताए।

शाहरुखको गौरीप्रतिको प्रेम देखेर उनकी आमाले पनि दश हजार रुपैयाँ दिइन् र गौरीलाई खोजेर घर ल्याउन सल्लाह दिइन्।
आमाको सल्लाहअनुसार शाहरुख मुम्बई पुगे। गौरीलाई भेटेर विवाहको निर्णयमा पुगे।

त्यो समय शाहरुख खान आर्थिक रुपमा सक्षम थिएनन् या अन्य कठिनाइ थियो। उनले सन् १९९१ अक्टोबर २५मा गौरीसँग लगनगाँठो कसे। तर, उनले विवाहको सुट भने उधारोमा लगाउनु परेको थियो। भारतीय सञ्चारमाध्यमा उल्लेख गरिए अनुसार शाहरुखले उक्त सुट फिल्म ‘राजु बनगया जेन्टलम्यान’ टिमसँग उधारो लिएका थिए।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *