साढे पाँच अर्बको भाइमसला, ४ करोडको झिलिमिली बत्ती भित्रियो

नेपालीको दोस्रो ठूलो चाड तिहारमा फूल, भाइमसला, झिलिमिली बत्ती, कृत्रिम सजावटका सामग्री र माटाका भाँडा बढी खपत हुन्छ। अधिकांश वस्तु स्वदेशमा उत्पादन हुँदैनन्। आयात हुनेमध्ये सबैभन्दा बढी भाइमसला हो।

गत वर्षको तुलनामा भाइमसला आयातमा एक अर्बभन्दा बढीले वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा तिहार लक्षित भाइमसला चार अर्ब ३२ लाख १४ हजार रुपैयाँ बराबरको आयात भएको थियो। यस वर्षको सोही अवधिमा पाँच अर्ब ४२ करोड ३९ लाख ६१ हजार रुपैयाँको भाइमसला आयात भएको छ। साउनदेखि नै यस्ता सामान आयात हुने गरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका सहायक प्रवक्ता कृष्णप्रसाद बजागाईंले बताए।

काजु, बदाम, पिस्ता, किसमिस, दालचिनी, ल्वाङ, सुकुमेल लगायतका मसला  आयात बढेको छ। गत वर्षको तुलनामा मूल्यवृद्धि ज्यादा भएपछि आयात कम भएको छ। चालू वर्षको पहिलो दुई महिनामा मूल्यवृद्धि ६.१६ प्रतिशतले बढेको छ। मूल्यवृद्धि गत वर्षको सोही अवधिमा ३.८६ प्रतिशत थियो।

तिहारका लागि भारत, इन्डोनेसिया, पाकिस्तान, चीन, अमेरिका, मलेसिया र थाइल्यान्डबाट मसला आयात हुने गरेको केन्द्रले जनाएको छ।

तिहार लक्षित गरी ११ करोड ५४ लाख ७४ हजार रुपैयाँ बराबरको नरिवल आयात भएको छ। त्यस्तै, काजु १६ करोड तीन लाख र बदाम १४ करोड ४३ लाख २५ हजार र ओखर ११ करोड १९ लाख ८७ हजारको आयात भएको छ। पिस्ता ४ लाख ५५ हजार, सुपारी २३ करोड ९२ लाख, छोकडा ४८ करोड २८, किसमिस २ करोड ६ लाख, सुकुमेल १४ करोड ६८ लाख बराबरको आयात भएको व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्ण बजगाईंले जानकारी दिए।

चार करोडको झिलिमिली बत्ती

तिहारमा धेरै खपत हुनेमा झिलिमिली बत्ती पनि पर्दछ। झिलिमिली बत्तीका नेपालबाट ४ करोड २० लाख बाहिरिएको छ। गत वर्ष दुई करोड ९६ लाख रुपैयाँ बराबरको झिलिमिलि बत्ती आयात गरिएको भन्सार विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *