र्‍यापर भिटेन साधारण तारिखमा रिहा

काठमाडौं : र्‍यापर समीर घिसिङ ‘भिटेन’ साधारण तारिखमा रिहा भएको छन् ।

‘यस्तै त हो नि ब्रो’ बोलको गीतमा प्रयोग भएका शब्द र फेसबुकमा राखेको तस्वीरका आधारमा पक्राउ परेका भिटेनलाई प्रहरीले शुक्रबार राति छाडेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विहीबार उनलाई ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको थियो । अभद्र व्यवहारको आरोपमा सात दिनको म्याद लिई थुनामा राखेका र्‍यापर भिटेन तारिखमा रिहा गरेको प्रहरीले जनाएको छ ।

उनी पक्राउ परेपछि ‘यस्तै त हो नि ब्रो’ बोलको गीत युट्युबबाट हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *