दाङमा राती १० बजेपछि भैलो खेल्न नपाइने

घोराही : दाङमा स्थानिय प्रशासनले तिहारमा राती १० बजे पछि देउसी भैलो खेल्न रोक लगाएको छ ।

जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय दाङले छुट्टा छुट्टै अपिल जारी गर्दै सभ्य ढंगले तिहार मनाउन आग्रह गर्दै राती १० बजेपछि देउसी भैलो खेल्न रोक लगाएको हो । साथै प्रशासनले तोकेरै दक्षिणा नमाग्न, ठूलो आवाजमा साउण्ड सिस्टमको प्रयोग नगर्न र मादक पदार्थ सेवन गरेर देउसी भैलो नखेल्न आग्रह समेत गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले मदिरा सेवनलाई नियन्त्रण गर्दै सभ्य र अनुशासित ढंगले तिहार मनाउन आग्रह गरेका छन । साथै समाजलाई बिकृत तुल्याउने श्रव्यदृष्य सामाग्रिको उत्पादन, प्रशारण, गायन तथा बिक्रि नगर्न समेत सचेत पारेका छन । त्यसैगरी कुनै पनि पटकाजन्य बस्तुहरुको खरिद नगर्न आग्रह गरीएको छ ।

यसैबिच जिल्ला प्रहरी कार्यालय दाङले पनि सार्वजनिक अपिल जारी गर्दै पर्व मनाउने नाममा कुनै पनि अबान्छीत कार्यहरु नगर्न आग्रह गरेको छ । जुवातास नखेल्न, बिष्फोट पदार्थहरु नपड्काउन, मादक पदार्थ सेवन गरेर गाडी नचलाउन, चन्दा तथा चिठ्ठा जस्ता उपहारका गैरकानुनी कार्यहरु नगर्न प्रहरी प्रमुख जनक भटराईले आग्रह गरे ।

गाडीहरुमा सिट क्षमता भन्दा धेरै यात्रुहरु नबोक्न, घर छोडेर टाढा जाँदा वा कुनै घटना हुने देखिए या भए तत्काल प्रहरीलाई एक सयमा फोन गरेर खबर गर्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *