आगलागीबाट साढे ५ बिघामा लगाएको उखु जलेर नष्ट

कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिका – १ नौरङगामा उखुबारीमा आगलागी हुँदा झन्डै साढे ५ बिघामा लगाएको उखु जलेर नष्ट भएको छ ।

मंगलवार दिउँसो स्थानीय मन्त्री राना, घुम्मन राना, फुलचन राना, राधेश्याम राना, खुसी राना र श्रिदार राना लगाएतले लगाएको उखुमा आगलागी हुँदा साढे ५ बिघामा लगाएको उखु जलेर नष्ट भएको वडा नम्बर १ का भलमन्सा रामचन्द्र रानाले बताए ।

दिउँसो करिब साढे १२ बजे लागेको आगो स्थानीय, प्रहरी र गाउँपालिकाको दमकलको सहयोगमा ४ घण्टापछि नियन्त्रणमा आएको उनले बताए ।

इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीका प्रहरी प्रमुख प्रहरी निरीक्षक वकिल बहादुर सिंहले यस बारेमा अनुसन्धान भइरहेको बताए । आगलागी कसरी र क्षेती कति भयो भन्ने बारेमा छानबिन भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *