श्रीमानको जन्मदिनमा सनी लियोनीको भावुक प्रेमपत्र

बलिउड नायिका सनी लियोनीले श्रीमानलाई भावुक प्रेमपत्र लेखेकी छन्।

श्रीमान डेनियल वेबरको ४१औं जन्मोउत्सवको अवसरमा सनीले लेखेको पत्रमा उनीप्रति आफ्नो प्रेम बढ्दै गइरहेको उल्लेख गरेकी छन्। उनले श्रीमान डेनियललाई एक असल श्रीमान र असल बुवा भएको बताएकी छन्।

उनले जन्मदिनको उपहार स्वरुप श्रीमानप्रति कृतज्ञता ज्ञापन गर्दै उपहार स्वरुप सामाजिक सञ्जाल इन्सटाग्राम मार्फत उक्त प्रेमपत्र लेखेकी हुन्।

‘यतिका वर्षसँगै बिताए पनि म आफैलाई थाहा छैन म कुन हदसम्म तपाइलाई प्रेम गर्छु,’ सनीले लेखेकी छन्।

‘मेरो प्रेम डेनियल वेबर! तपाई आत्मविश्वासी, साहासी, प्यारो, स्मार्ट, अरुलाई केयर गर्नेे, निस्वार्थ र एक असल श्रीमान अनी कुसल बुवा हौं। जन्मदिनको शुभकामना,’ उनले लेखेकी छन्।

जन्मदिनको अवसरमा उनले आफ्नो बिवाहको तस्बिरसमेत सार्वजनिक गरेकी छन्।

उनहरूले सन् २०११ मा बिवाह गरेका थिए। हाल उनीहरूसँग तीन सन्तान छन्।

सरोगसीको माध्यमबाट जुड्वा सन्तान नुह र अशर छन् भने सन् २०१७ मा सनी र वेबरले लातुरबाट एक बच्चालाई अपनाएका थिए।
उनले वर्षबित्दै जाँदा आफ्नो प्रेम पनि अनपेक्षीत रुपमा बढेको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *