टिका पुनको एल्बम ‘भेरीमा’ सर्वत्र चर्चामा

सुर्खेत : नेपालकी चर्चित लोक गायिका टिका पुनले आप्mनो नयाँ एल्बम भेरीमा सार्वजनिक गरेकी छिन् । चर्चित गायक अर्जुन सोनामले समेत स्वर दिएको गिती कोशेली हालै यु ट्युव च्यानल सहित सार्वजनिक गरिएको हो । यो जोडीले गाएको गित सल्ल बगेको भेरी नदिले दर्शकको मन रुवाएको थियो ।

पुनको यो दशौं एल्बम हो । रमेश विजीको शव्द र तिलक गन्र्धवको संगीत रहेको यो गिती कोशेलीमा छम्छमी नाच्ने र ‘क्याची’ खालको गीत रहेको दर्शक तथा श्रोताहरुले प्रतिक्रिया दिएका छन् ।

नेपाल कल्चरल रिसर्च सेन्टरले प्रस्तुत गरेको भेरीमा गितलाई टिका पुनको अफिसियल युटुबबाट बजारमा पठाईएको हो ।गितमा कर्णाली प्रदेशको सुर्खेतको सान भेरीनदिलाई पनि विशेष प्रथामिकता दिईएको छ ।गितलाई भने हिमसम्झौता डिजिटलले पोस्ट प्रोडक्सन गरेको हो।

उनको पहिलो एल्बमा ‘जलेसी जमुना’ ले पनि निकै चर्चा कमाएको थियो । त्यसो त उनका सवै एल्बमहरु हिट छन् । टिपिकल कर्णाली सेरोफेरोको भाकालाई उनले भेरीमा एल्बममा समावेश गरेकिछिन् । आप्mनो नयाँ कोशेलीले पनि निकै चर्चा कमाउन थालेको बताउँदै गायिका पुनले दर्शक श्रोताको थप मायाको अपेक्षा गरेको बताइन् ।

हेर्नुहोस यो भिडियो

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *