रारा घुम्ने मौसम सुरुः बढ्दै पर्यटक

मौसममा सुधार आएपछि रारा घुम्ने मौसम सुरु भएको छ । नाग्मा–गमगढी सडक सञ्चालन भएसँगै रारा आउने पर्यटक बढ्न थालेका छन् ।

असोजदेखि मंसिरसम्म रारा अवलोकन गर्न उपयुक्त मानिन्छ । असारदेखि सुनसान बनेको रारामा मानवीय चहलपहल बढ्दै गएको छ ।

हावापानी अनुकूल र आसपासका प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सजिलो हुने भएकाले यो मौसम पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

सडक अवरुद्ध भएपछि असारदेखि भदौसम्म सुनसान रारामा अहिले पर्यटकको चहलपहल बढ्दै गएको छ । हवाई उडान नियमित र बर्षाका कारण अबरुद्ध सडक खुलेपछि पर्यटकको चहलपहल बढेको हो ।

डाँफे गेस्ट हाउस, भिलेज हेरिटेज रिसोर्ट, माझघट्ट होमस्टेलगायतमा पर्यटक भरिभराउ हुन थालेका छन् । दैनिक करिब २० आन्तरिक पर्यटकले होटेल बुक गर्न थालेको भिलेज हेरिटेज रिसोर्टका प्रबन्धक दीपक रावतले बताए ।

तालमा सयर गर्ने र आसपासका गाउँ घुम्ने पर्यटक बढेपछि डुंगा र घोडा व्यवसायी पनि व्यस्त बन्न थालेका छन् । पर्यटकलाई घुमाउन स्थानीयले करिब २ सय घोडा रारा क्षेत्रमा ल्याउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *