नेपालले नेदरल्यान्ड्सलाई हरायो, करण नायक

काठमाडौं : करन केसीको अलराउन्ड प्रदर्शनसँगै नेपालले नेदरल्यान्ड्समाथि रोमाञ्चक जित हासल गरेको छ । अन्तिम ओभरमा आवश्यक १७ रन बनाउँदै नेपालले विजय हासिल गरेको हो ।

ओमानमा जारी पाँच देश सम्मिलित टि ट्वान्टी क्रिकेट सिरिजमा नेपालले सोमबार नेदरल्यान्ड्समाथि ४ विकेट जित निकालेको छ । टि ट्वान्टीमा नेदरल्यान्ड्माथि यो पहिलो जित हो । देश भित्र र बाहिर रहेका नेपाली दशै मनाउने क्रममा रहँदा नेपाली क्रिकेट टोलीले अर्को खुसी दिएका छ ।

१ सय ३४ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओरमा ६ विकेट गुमाउँदै महत्वपुर्ण जित निकालेको हो ।  विस्फोटिक ब्याटिङ गरेका करणले १४ बलमा तीन छक्का र १ चौकाको मद्दतमा अविजित ३१ रन बनाए । कप्तान पारस खड्काले टोलीका लािग सर्वाधिक ३३ रन बनाए भने अघिल्लो दिन अर्धशतक पुरा गरेका विनोद भण्डारीले २६ रन जोडे । नेदरल्यान्ड्सका लागि भान डेर मर्वीले २ विकेट लिए ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि १७ रनको आवश्यकता थियो । करणले त्यहि आफ्नो कमाल देखाए । उनलाई सोमपाल कामीले साथ दिए रहेका थिए । करणले पहिलो बलमा छक्का प्रहार गरे । दोस्रो बलमा रन जाड्न सकेनन् । तेस्रो बलमा ४ रन लिएका करणले चाथौ बलमा छक्का प्रहार गर्दै स्कोललाई बराबरी बनाए । पाँचौं बलमा १ रन जोड्दै उनले नेपाललाई सानदार जित दिलाए ।

नेपालले पहिलो विकेटका लागि पवन सर्राफ र पारसले २५ रनको साझेदारी गरेका थिए । पवन ९ रनमा आउट भए । त्यसपछि आरिफ शेखपनि लामो समय टिक्न सकेनन् । उनको ब्याटबाट मात्र २ रन निस्कियो । त्यतिबेला नेपालको खातामा २ विकेटको क्षतिमा २९ रन थियो । त्यसपछि आएका उप कप्तान दीपेन्द्र सिंह ऐरी ८ रनमा आउट भए ।

पारसले टोलीका ३३ रन जोडे । पारस आउट हुँदा नेपाल ७४/४ को अवस्थामा थियो । त्यस पछि क्रिस सम्हाल्न पुगेका रोहित कुमार पौडेल पनि धेरै टिक्न सकेनन् । उनल ५ रनमा आउट भए । अघिल्लो दिन अर्धशतक बनाएका विनोद भण्डारीले दुई पटक जीवनदान पाए । २६ रन जोड्दा उनी पनि आउट भए ।

त्यसअघि नेपालले टस जितेर नेदरल्यान्ड्सलाई ब्याटिङको लागि निम्तो दियो । नेदरल्यान्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन जोडेको थियो । टोलीका लागि प्याट्रिक ओडिडले सर्वाधिक ४३, कोलिन एकेर्मानले २९ र एन्टोनिउस स्कलले २१ रन जोडे । नेपालका लागि सन्दीप लामिछानले ४ विकेटल लिए ।

ब्याटिङमा चम्कनु अघि करणले ४ विकेट लिए भने ललित नारायण राजवंशीले १ विकेट लिए । सिरिजमा नेपालले लगातार दुई खेलमा दुई जित निकालेको छ । आइतबार नेपालले हङकङलाई ४ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *