टी–ट्वान्टी क्रिकेट सिरिज आज सुरु हुदै

काठमाडौं : नेपाल सम्मिलित पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज आज सुरु हुदैछ ।

नेपालले विश्वकप छनोटको तयारीमा रहेका चार राष्ट्रसंग सिरिज खेल्न लागेको हो । सिंगापुर त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेलेर नेपाली टिम ओमान पुगेको हो । नेपालले ओमानमा शुक्रबार सिरिजको अन्तिम तयारी स्वरूप अभ्यास गरेको छ ।

ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ ।

यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ गते र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ ।

युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो ।

नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरिसकेको कारण नेपालले सहभागिता जनाउन लागेको हो ।

सिरिजको पहिलो दिन घरेलु टोली ओमन र हङकङ तथा आयरल्याण्ड र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *