आहा ! जाने होइन त म्याग्दी? (फोटो फिचर)

धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले उच्च पहाडी जिल्ला म्याग्दी प्रशस्तै सम्भावना भएको जिल्लाको रुपमा चिनिन्छ । समुन्द्री सतह ७९२ मिटर रत्नेचौरदेखि ८ हजार १६७ मिटरको उचाई भएको अग्लो चुचुरो धौलागिरी हिमालसम्म म्याग्दी जिल्ला फैलिएको छ । जलाधारीय क्षेत्रका हिसाबले म्याग्दी जिल्ला कालीगण्डकी, रहुघाट नदी र म्याग्दी खोलासहित तीन क्षेत्रमा विभाजित रहेको छ ।

संसारका ८ हजार मिटर अग्ला हिमालहरुमध्ये ८ ओटा हिमाल नेपालमा छन् । तीमध्ये म्याग्दी जिल्लामा संसारकै सातौं अग्लो हिमाल धौलागिरी ८,१६७ मिटर र ८,१६४ मिटर अग्लो अन्नपूर्ण हिमाल पर्छ । यसैगरी ६ हजार मिटरभन्दा अग्ला ५१ ओटा हिमालका चुचुराहरु म्याग्दीमा रहेको नेपाल पर्वतारोहण संघले प्रमाणित गरेको छ ।

धौलागिरी, अन्नपूर्णसहित मानापाथी, चुरेन, गूर्जा, निलगिरी, मुना, पुठा, सिता जस्ता हिमालहरु यहाँ छन् । धौलागिरी हिमालमा मात्रै विभिन्न ६ ओटा चुचुराहरु रहेका छन् । म्याग्दी जिल्लाका विभिन्न डाँडाकाँडाहरुबाट मनोरम हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

बेनीबजार, घोरेपानी र पुनहिल, खयरबराह मन्दिर, खोप्रालेक, अन्धगल्छी र रुप्से झरना, लभ्लीहिल (प्रणय शिखर) लगायतका स्थानहरुले जो कोही पर्यटकको मन तान्दछ ।

पर्यटकको भरपुर सम्भावना बोकेको नेपालको सुन्दर हिमाली जिल्ला म्याग्दीको मनमोहक हिमश्रिङ्खलाहरु ताकमबाट…………………

 

 

 

तस्वीरहरुः बसन्त ढुंगाना (यात्री)

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *