लमजुङको राईनासकोट होमस्टे उत्कृष्ट गाउँ घोषित

पोखरा : स्थापना देखि नै बिभिन्न सञ्चार माध्यम तथा पर्यटन निकायहरुबाट सदभाव लिन सफल भएको लमजुङको ऐतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे यो वर्षको नेपाल भरिकै उत्कृष्ट गाउँ घोषित भएको छ ।

गाउँ पर्यटन प्रबद्धन मञ्च(भिटोफ) नेपाल द्धारा घोषत वर्ष गन्तब्यमा परिसकेको राईनास यो वर्ष उत्कृष्ट पर्यटकिय गाउँ घोषित भएको हो । अमेरीकी नागरीक लतासाको सहयोगमा र्निमाण भएको १४ वटा घरमा होमस्टे सञ्चालन भएको हो । उत्कृष्ट दृश्यावलोकन तथा ऐतिहासिक स्थल भएका कारण मानिसहरु राईनासकोटमा भ्रमण गर्न थालेको हुन ।

वर्षेनी राईनास जाने पर्यटकहरुको संख्या वृद्धि हुदै गएको छ । वर्ष गन्तब्यमा परेपछि झन पर्यटकको ध्यान राईनासमा आकर्षित भएको हो । त्यहाँको अतिथि सत्कार तथा होमस्टे परिपरिको वातावरण, सास्कृतिक प्रस्तुतिहरु पर्यटकले बढी मन पराउने होमस्टे सञ्चालक बिष्णु गुरुङ्गले जानकारी दिए ।

राईनासबाट लमजुङ्ग,गोरखा, तनहँु तथा नारायणी नदि देख्न सकिन्छ भने चारै दिशामा हिमाल हेर्न सकिन्छ । यो बिधामामा यस अघि लमजुङकै काउलेपानि होमस्टे, कास्कीको कालाबाङ्ग, हेम्जाकोट पुरस्कृत भैसकेका छन । लमजुङ जिल्लाको पुरस्कृत हुने होमस्टेमा राईनासकोट दोस्रो हो ।

राईनासको लोकप्रियता भिटोफ लगायतका पर्यटन सस्थाहरुको भ्रमण तथा कोटमै गरिएको कार्यक्रमहरुले पनि बढाएको होमस्टे सञ्चालकहरु बताउछन । प्रचार प्रसारमा स्थान पाईरहने राईनासमा गण्डकी प्रदेश सरकारले पनि अनुदान दिएको छ भने संघिय सरकारले पनि यो बर्ष करिव एक करोड बजेट विनियोन गरेको छ । शाह वंशीय राजाहरुले राज्य गरको गढीको रुपमा राईनासकोट लाई चिनिन्छ ।

काठमाण्डौमा हुने एक विशेष समारोहका बिच बुधबार राईनासकोट सामुदायिक होमस्टेलाई पुरस्कृत गरिने भिटोफ नेपालका केन्दीय अध्यक्ष ध्रुव सिंखडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *