सेलिब्रिटीका २०७६ संकल्प

सुरक्षा पन्त, अभिनेत्री

नयाँ वर्षदेखि फरक र राम्रो स्क्रिप्ट भएको फिल्ममा काम गर्ने सोच बनाएकी छु। यस वर्ष स्नातकोत्तरको पढाइ सक्नेछु। थेसिस पनि यही वर्ष सक्काउनेछु। रिसाउने बानी हटाउने प्रयास गर्नेछु भने खानेकुरामा नियन्त्रण गरी शारीरिक रूपमा आफूलाई फिट राख्नेछु।

झरना थापा, अभिनेत्री    

२०७६ सालमा दर्शकले खोज्नुभएको जस्तो फिल्म लिएर आउनेछु। धेरैभन्दा धेरै राम्रा मुभी बनाउनेछु। नबनेका जति काम छन्, यसै वर्ष पूरा गर्नेछु।

आँचल शर्मा, अभिनेत्री 

नयाँ वर्षमा सुटिङमा व्यस्त भइन्छ होला। नयाँ वर्षमा आफ्नो अभिनयमा अझै निखार ल्याउनेछु। पढाइतिर पनि त्यति नै ध्यान दिनेछु।

दिपाशा विसी, अभिनेत्री

नयाँ वर्षमा यूकेतिर हुन्छु। उतै कार्यक्रमतिर व्यस्त भइन्छ। २०७६ सालबाट आफ्नो व्यवसाय सुरु गर्ने सोचे बनाएकी छु।

पल शाह, अभिनेता

नयाँ वर्षमा फिल्मको प्रचार–प्रसारमा व्यस्त हुनेछु। आउँदो वर्षदेखि आफ्नो खर्चालु बानीमा नियन्त्रण गर्ने सोच छ। अनावश्यक खर्च नगर्ने योजना छ। वैशाख १ गतेदेखि नै बचत गर्नेछु।

टीका पुन, गायिका

नयाँ वर्षका दिन सुर्खेतमा कार्यक्रम छ। त्यहीँ व्यस्त हुनेछु। नयाँ वर्षमा एकल एल्बम विमोचन गर्नेछु। २०७५मा पूरा गर्न नसकेका काम २०७६मा पूरा गर्ने सोच छ।

सुनीता दुलाल, गायिका

यो नयाँ वर्षमा मुस्ताङ घुम्न जाने योजना छ। २०७६ सालदेखि गीतको रेकर्डिङ समयमै गराउनेछु। आफ्नो फिटनेसमा पनि एकदमै ध्यान दिनेछु। अल्छी नगरी जिम जानेछु।

मधुसुदन पाठक, हास्य कलाकार 

सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन लागेको रंगशालमा सक्दो सहयोग गर्ने योजना बनाएको छु।

अनुपविक्रम शाही, अभिनेता

आउने वर्षमा अभिनयमा निखार ल्याउने प्रयत्न गर्नेछु। रिस अलि कम र काम बढी गर्नेछु। आफूलाई फिट राख्नेछु।

 

# साप्ताहिक पत्रिका सम्पूर्णवाट

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *