सुरु भयो साताव्‍यापी रामजानकी विवाह पञ्‍चमी (फोटो फिचर)

जनकपुरधाम- साताव्यापी रामजानकी विवाह पञ्‍चमी महोत्सव शुक्रवारदेखि विधिवत रुपमा सुरु भएको छ। प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विवाह पञ्चमीको पहिलो दिन शुक्रबार नगरदर्शन गराइएको छ।

नगर दर्शनमा राम–लक्ष्मण प्रतिकको रुपमा एक जोडा वालकलाई जनकपुरधाममा घुमाइने परम्परा रहेको छ। त्रेता युगमा राम र लक्ष्मण मिथिला आएर नगर दर्शन गरेको तथा मिथिलाका बासीले राम लक्ष्मणलाई फुल छर्केर स्वागत गरेको मान्यता अनुसार जनकपुरधाम नगरबासीले स्वागत गर्ने गर्दछन्।

यस परम्परा अनुसार नै विवाहको एकसाता पूर्व एकजोडा बालकलाई रामलक्ष्मणको प्रतिक बनाए नगर नदर्शन गरान्छ।नगर दर्शनमा कृतिम नगरको परिकल्पना गरेर नगरमा भगवान राम र लक्ष्मण सबैको द्वारद्वार (घरघर)मा जाने परम्परा रहेको र यही अनुसार शुक्रवार अप्राहन्न विधिवत रुपमा नगर दर्शन गराईएको हो।
नगर दर्शनमा राम लक्ष्मणको दर्शन गर्न दर्शनार्थीको भीड लाग्ने गरेको छ।

त्रेतायुगमा .श्रीराम र सीता बीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका तिथिदेखि मिथिला नगरी जनकपुरधाममा पौराणिक विवाह पञ्चमी महोत्सवको आयोजना हुँदै आएको छ।

यस वर्ष महोत्सव मंसिर २१ गतेदेखि विधिवत रुपमा सुरु भई २६ गते सम्म चल्ने जानकी मन्दिरका सह–महन्थ रामरोशन दासले बताए।

देश सञ्चार

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *