अपहरण र बलात्कार भोगेकी १८ वर्षे किशोरी मुक्त भएपछि…

वासिङ्टन : मानवअधिकार सम्बन्धि अन्तर अमेरिकी अदालतले शुक्रबार एक यस्तो फैसला गर्यो, जसले गर्दा बलात्कृत भेनेजुएलाकी एक युवतीले १७ वर्षपछि न्याय पाएकी छन् ।

लिन्डा लोइजा लोपेज सोतो नाम गरेकी ती युवतीले १८ वर्षको उमेरमै बलात्कारको पीडा भोगेकी थिइन् । त्यस घटना विरुद्ध लिन्डाले भेनेजुएलाकै अदालतमा मुद्दा दायर गर्दा पनि सुनुवाइ नभएपछि अन्ततः अन्तर अमेरिकी अदालतले यही शुक्रबार फैसला गर्दै लिन्डाको सम्पूर्ण खर्च र जीवन कालभर रेखदेख गर्नुपर्ने भन्दै फैसला गरेको छ ।

लिन्डाको औषधोपचार, उनको पढाइ, परिवार र दिदिबहिनी समेतलाई क्षतिपुर्ति दिनुपर्ने अदालतको फैसला छ । लिन्डाको बलात्कार तथा चम अपराधमा भेनेजुएला सरकारले दोषीलाई कारवाही गर्न नसकेको भन्दै यसको जिम्मेवार स्वयं राज्य नै भएको बताइएको छ ।

बलात्कारपछि वकिल !
लिन्डा अपहरणमा परेपछि बलात्कार र चरम यातना भोगिन् । त्यसबेला जम्मा १८ वर्षकी थिइन् उनी । तीन महिनापछि उनी जब मुक्त भइन् त्यसपछि उनी उपचारका लागि जानु पर्ने थियो । तर उनी त आफ्ना बलात्कारी तथा अपहरणकारीविरुद्ध न्यायको खोजीमा लागिन् ।

खासमा उनले भोग्नुपरेको पीडा र यातनाले उनलाई आफ्ना अपराधीविरुद्ध जुध्न झनै उर्जा बने । त्यसका लागि उनले निरन्तर संघर्ष गरिन् । केही उपाय नलागेपछि लिन्डा औपचारिक रुपमै कानुन विषय पढ्न थालिन् ।

पढाइपछि उनले आफ्नै ‘केस’ मानवअधिकार सम्बन्धि अन्तर अमेरिकी अदालतमा दायर गरिन् । शुक्रबारको फैसला अनुसार लिन्डाको यस्तो घटना हुनुमा र न्याय नपाउनुमा भेनेजुएला सरकारकै चरम लापरवाही कारण देखाइएको छ ।

‘हिंसा भोगेका भेनेजुएला तथा ल्याटिन अमेरिकन महिलाहरुलाई आज म के भन्न सक्छु भने जसले आफ्नै देशमा न्याय पाउनुभएको छैन अब क्षतिपुर्ति पनि सम्भव छ ।’ लिन्डाले भनिन्, ‘ल्याटिन अमेरिका र विश्वभरका महिलाको मानवअधिकार न्यायालयले जसरी गर्नसक्छ यो सकारात्मक छ ।’
लिन्डाको जीवनमाथि भएको त्यस अपराधलाई पुनविचार गर्न पनि अदालतले आदेश दिएको छ । साथै लिन्डा र उनको परिवारलाई क्षतिपुर्ति दिन पनि आदेश दिएको छ ।

क्षतिपुर्तिसँगै उनको औषधोपचार र मानसिक रेखदेख गर्नुपर्ने, यसबाहेक लिन्डाले थप पढाइ आफ्नै देश वा विदेशमा समेत चाहेको खण्डमा त्यसको पनि खर्च ब्यहोर्नुपर्ने भन्दै अदालतले भेनेजुएला सरकरालाई आदेश दिएको छ ।

यस्तै लिन्डाको यस्तो घटनालाई लैंगीक हिंसा र विभेद् अन्तरगत देशभर सबै तहका सबै पाठ्यक्रममा समेत समावेश गर्न भेनेजुएला सरकारलाई अदालतको आदेश छ । जहाँ ‘लिन्डा लोइजा’ नाम बुझिने गरी उल्लेख गरेको हुनुपर्ने भन्दै भेनेजुएलालाई अदालतले आदेश दिएको छ । annapurnapost

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *